गाउँपालिकाद्वारा विवाह मण्डपमै पुगेर प्रोत्साहन स्वरुपको चेक हस्तन्तरण
336
sharesसर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उतिर्ण गर २० वर्ष उमेर पार गरेकी पिन्की कुमारी साहलाई विवाह मण्डपमै ५० हजारको चेक हस्तान्तरण गरेको छ । गाउँपालिकाले पिन्की र उनको परिवारलाई प्रोत्साहन स्वरुप उक्त चेक हस्तान्तरण गरेको हो ।
बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच अभिवृद्धि कार्यक्रम अन्र्तगत, वडा नम्बर ७ निवासी पिन्की कुमारी साहलाई पचास हजार रुपैयाँको चेक गााउँपालिकाको विषेश पहलमा हस्तान्तरण गरिएको जनाइएको छ ।
गाउँपालिकाले १२ कक्षा पास गरी २० वर्ष उमेर पुगेर विवाह गर्नेलाई प्रोत्साहन र सम्मान स्वरुप अनुदान प्रदान गरेको यो दोस्रो विवाह हो ।
वि.सं.२०७९ माघ २७ शुक्रवार १४:३०