सूचना र प्रविधिको क्षेत्रमा धेरै अनियमितता हुने गरेकाले खबरदारी हुन आवश्यक : मन्त्री शर्मा
672
shares
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्रमा धेरै अनियमितता हुने गरेकाले खबरदारी हुन आवश्यक रहेको बताएकी छिन् । काठमाडौंमा अयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सूचना र प्रविधिको क्षेत्र आम जनताले नबुझ्ने र धेरै अनियमितता हुने क्षेत्र रहेको उनको भनाइ छ ।
उनले यस क्षेत्रमा हुने अनियमितताको बारेमा जानकार नहुँदा बढी अनियमितता हुने गरेको बताइन् ।
विगतका नीति, नियम, कानुन समयसापेक्ष बनाइ नागरिकलाई सचेत गराउन आवश्यक रहेको प्रस्ट पारिन् ।
वि.सं.२०८१ जेठ २९ मंगलवार १३:३८