सुन्दरीजलमा भारी वर्षा र बाढी, वागमती नदी विष्णुमती खोला जोखिममा
444
sharesकाठमाडौं । काठमाडौंको सुन्दरीजल क्षेत्रमा भारी वर्षासँगै बाढी आएको छ । यससँगै जितपुर र आसपासका क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा यीसहित काठमाडौंका छिमेकी जिल्लाहरुमा भारी वर्षा मापन भएको छ ।
विभागले वाग्मती, विष्णुमती र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिनुका साथै नदी तटीय क्षेत्रमा रातिसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
वि.सं.२०७९ साउन २३ सोमवार २०:३७