back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

मापदण्ड विपरीत पशु ढुवानी, सरकार बेखबर

222 

shares
sanima relaiance life insurance

काठमाडौं ।एनिमल नेपालले मापदण्ड विपरीत यातनापूर्वक गरिदिने पशु ढुवानीविरुद्ध आवाज उठाउँदै आएको छ । गत बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पशुपन्छी ढुवानी गर्दा अथवा मासुको लागि बध गर्नुअगाडि त्रासदीपूर्ण वातावरणमा नराखी बाचुन्जेल स्वतन्त्र ढंगले भयरहित वातावरण बाँच्न पाउने अधिकारको बारे आवाज बुलन्द गरेको हो ।

कार्यक्रममा पशु ढुवानी सम्बन्धी २०५५ सालमा ऐन बनेको र २०६४ सालमा मापदण्ड तोकिएको तर व्यवहारमा भने अहिलेसम्म लागु नभएको बारे पनि चर्चा गरिएको थियो । आवाज उठाउँदै आएको छ । सरकारले ऐन र मापदण्ड लागु गर्नुपर्ने विषयलाई उजागर गर्दै एनिमल नेपालले बेला, पत्रकार सम्मेलनको आयोजना गरेर घचघच्याउने काम गर्दै आएको छ ।

त्यसको निरन्तरताको लागि एनिमल नेपालले गत बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पशुपन्छी ढुवामा भएको विकृति र विसंगतिविरुद्ध आवाज उठाएको थियो । सो पत्रकार सम्मेलनको आयोजना गरी त्यसको पहल गरिदिन पत्रकारहरुसित एनिमल नेपालले आग्रह गरेको थियो । तर, सरकारले एनिमल नेपालले उठाउँदै आएको आवाजलाई व्यवास्ता गर्दै आएको देखिन्छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयले पनि त्यस विषयमा खासै ध्यान दिएको पाइँदैन । पशु ढुवानी गर्दा खास गरी राँगा, भैंसी, पाडापाडी एकै ठाउँमा कोचेर यातनापूर्वक ढुवानी गर्ने गरेको पाइन्छ । त्यसमा पनि नाक, सिंङ्ग, पुच्छरमा डोरीले बाँधेर त्यत्तिकै यातना दिने गरेको देखिन्छ । त्यसको लागि पशु ढुवानी सम्बन्धी २०५५ मा नियमावली बनाइएको थियो ।

त्यसपछि २०६४ मा पशुढुवानी सम्बन्धी मापदण्ड बनाइयो । २०६४ को पशुढुवानी सम्बन्धी मापदण्ड अनुसार शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै गाडीमा गर्नुहुँदैन । गाडीको साइडमा फम टाँसेको हुनुपर्छ । ढुवानी गर्दा राँगा, भैंसी, खसीको मुख ड्राइभरतिर फर्किएका हुनुपर्छ । तर, २०८१ सालमा आइपुग्दासमेत त्यो मापदपण्ड लागु भएको पाइँदैन । लामो दुरीबाट पशु ढुवानी गर्दा कच्चि सडकबाट ढुवानी गर्न पाइँदैन ।

तर, शपु ढुवानीकर्ताले पक्की सडकबाट नभई कच्ची सडकबाट तीब्र गतिमा ढुवानी गर्ने गर्दा कतिपय पशुहरुलाई चोटपटक लागेर मृत्यु समेत हुने गरेको पाइन्छ । लामो दूरीमा पशु ढुवानी गर्दा प्रत्येक ८ घण्टामा गाडीबाट ओरालेर घाँस, पराल र पानी खुवाउनुपर्ने हुन्छ । एउटा ट्रकमा २० वटा भन्दा बढी पशु ढुवानी गर्न पाइँदैन तर त्यसो गरिएको पाइँदैन ।

त्यसरी लापरवाहीपूर्वक ढुवानी गर्दा मरेका पशुहरु बजारमा ल्याएर विक्रीवितरण गरी उपभोक्तालाई मासु खुवाउने काम गरेको पाइन्छ । तर, सरकार र सम्बन्धित निकायले यस्ता विषयमा ध्यान दिएको पाइँदैन । गर्मीको सिजनमा खसीबोकालाई गाडीको छत र डिकीभित्र यातनापूर्वक ढंगले कोचेर ल्याउने गरेको पाइन्छ । लामो दुरीबाट पशु ढुवानी गर्दा घाँस पानीको व्यवस्था गरेको पाइँदैन ।

उता, ट्रकमा राँगा, भैसी ल्याउँदा पराल र फर्मको व्यवस्था गर्नुपर्ने नियममा उल्लेख छ तर, त्यसो गरेको पाइँदैन । उता, पशु ढुवानीकर्ताले कृषि तथा पशुपन्छी मन्त्रालयका कर्मचारी र विभिन्न नाकामा खटिएका सुरक्षा निकायहरुलाई ठाउँठाउँमा घुस खुवाउनुपर्ने वाध्यता पनि त्यत्तिकै छ । घुस नदिएको खण्डमा पशुपन्छिहरुलाई विचैमा रोकेर अलपत्र पार्ने काम गरिन्छ । कतिपय चोटपटक लागेका पशुपन्छीहरुलाई क्वारेन्टाइमा राखेर औषधि उपचार गर्नुपर्नेमा उल्टै ती बिरामी पशुपन्छीहरुलाई विभिन्न होटेल, रेष्टुरेन्टमा विक्री गरी मानव स्वास्थ्यमाथि खेलवाड गर्ने गएका थुप्रै उदाहरणहरु छन् ।

पशु ढुवानीको लागि गाडीमा राख्दा र ओराल्दाको दृश्य हेर्ने हो भने झन् दर्दनाक अवस्था देखिन्छ । त्यसमा अहिलेसम्म नियमावलीमा तोकिएको मापदण्ड अपनाइएको नपनाइएको बारे पशुपन्छी मन्त्रालयले अनुगमन गरेको छ न त प्रहरी प्रशासनले नै । बरु उल्टै पशुपन्छी ढुवानी तथा ओसारपसारकर्ताले सुरक्षा निकायबाट बीच बाटोमा अनेकौं सास्ती खेप्नुपरेको गुनासाहरु आइरहेका हुन्छन् । विभिन्न नाकामा खटिएका सुरक्षा निकायहरुले पशु ढुवानी तोकिएको मापदण्ड अनुसार गरेका छन् कि छैनन् भनेर अनुगमन गर्ने होइनन् उनीहरुले ढुवानीकर्तासँग घुस खाने गर्दछन् । यदि घुस नदिएको खण्डमा बीच बाटोमा अलपत्र पार्ने कामसमेत गरेका गुनासाहरु छन् ।


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...

‘अभिलाषाका झारहरू’को विमोचन

‘अभिलाषाका झारहरू’को विमोचन

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा कवि राजेन्द्र ओझा...