back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

मानव अधिकार तथा शान्ति समाज नेपालद्वारा कर्णालीका दलीत बालिकालाई छात्रावृत्ति प्रदान

258 

shares
sanima relaiance life insurance

काठमाडौं । मानव अधिकार तथा शान्ति समाज नेपालले कर्णाली प्रदेशका दलीत बालिकाहरुको लागि छात्रावृत्ति प्रदान गरेको छ । मानव अधिकार तथा शान्ति समाज नेपाल कर्णाली शाखाका सचिवको प्रस्तावमा कर्णाली ८४ जना दलीत छात्राहरुलाई छात्रावृत्ति प्रदान गरिएको हो ।

कार्यक्रममा जुम्ला, कालिकोट, सूर्खेत, दैलेख, मुगु र हुम्ला गरी ६ जिल्लाका दलीत छात्राहरुलाई छात्रावृत्ति प्रदान गरिएको थियो ।

“छोरी पढाऔं, गरिमा बढाऔं” भन्ने मूल नाराका साथ दलित बालिकाहरुलाई छात्रावृत्ति प्रदान गर्ने कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम मानव अधिकार तथा शान्ति समाज नेपालको आयोजनामा गत जेठ २५ देखि २९ गतेसम्म कर्णाली प्रदेशका पाँच जिल्लामा ‘कर्णालीको उत्थानमा योगदान गर्न आग्रह’ विषयक नागरिक संवाद कार्यक्रमको आयोजना गरिएको थियो ।

कालिकोट र मुगुमा सम्पन्न उक्त नागरिक संवाद कार्यक्रमको सभापतित्व समाजका केन्द्रीय सभापति रामकृष्ण बरालले गर्नुभएको थियो । त्यसैगरी सुर्खेत, दैलेख र जुम्लामा सम्पन्न कार्यक्रमको सभापतित्व शान्ति समाज शाखा सभापतिहरु प्रेमबहादुर भण्डारी, इन्द्रबहादुर खत्री र श्रीकृष्ण कामीले गर्नुभएको थियो । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज कर्णाली प्रदेशका सचिव प्रकाश शाहीले अवधारणापत्र र अर्का सचिव रामप्रसाद जोशीले विकासको अधिकार अहरणीय अधिकार शीर्षकमा आफ्नो प्रस्तुति गर्नुभएको थियो ।

त्यस्तै हुम्ला बाहेक ५ जिल्लामा कर्णालीको उत्थानमा योगदान गर्न आग्रहसहित संवाद र छलफल कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा विभिन्न, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधि र सर्वसाधारणहरुसहित राखेर कर्णालीको उत्थानका लागि आग्रह गरिएको थियो । कार्यक्रममा समाजले ‘मिसन कर्णाली’, ‘प्याकेज कर्णाली’, ‘रिलिफ कर्णाली’, ‘मोडेल कर्णाली कार्णाली’ र ‘कर्णालीको उत्थान र विकासमा शान्ति समाजसँगै सबैको साझेरी’ जस्ता विभिन्न अवधारणापत्र प्रस्तुत गरेको थियो । शान्ति समाज नेपाल २०५३ जेठ १९ गते स्थापना भई सञ्चालनमा रहेको एक सेवामुलक सामाजिक संस्था हो ।

यसको मुख्य उद्देश्य मानवअधिकार, शान्ति, लोकतन्त्र र अहिंसा हो । शान्ति समाज नेपालले नेपाल सरकार, विदेशी दात्रृ निकाय र अन्य कसैसँग कुनै पनि अवस्था आर्थिक सहयोग लिँदैन । समाजले चलाएको जति पनि अभियानहरु छन् त्यसको लागि आफ्ना सुभचिन्त, आजीव सदस्य, आवधिक सदस्यहरु र केन्द्रीय पदाधिकारीहरुको सहयोगमा हुने गरेका छन् । कार्यक्रमका प्रमुख वक्त केन्द्रीय सभापति रामकृष्ण बराल हुनुहुन्थ्यो ।

त्यसैगरी कार्यक्रम संयोजक कर्णाली प्रदेश सचिव प्रकाश शाही, अर्कासचिव रामप्रसाद जोशी, उहाँले विकासको अवधारणापत्र प्रस्तुत गर्नुभयो । हरेक कार्यक्रममा काठमाडौं शाखाका सहसचिव रोज विष्ट र कोषाध्यक्ष सानु लामाको सक्रिय सहभागिता रहेको थियो ।

मानव अधिकार तथा शान्ति समाज नेपालको टोलीको सक्रियतामा कर्णालीमा सम्पन्न कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, मानव अधिकारवादी, विद्यार्थी, शिक्षक-शिक्षिका, सुरक्षा निकाय, सर्वसाधारणलगायत समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

भारतमा देखियो निपाह भाइरस, एकजनाको मृत्यु

भारतमा देखियो निपाह भाइरस, एकजनाको मृत्यु

केरल । भारतको केरल राज्यमा निपाह भाइरस देखिएको छ...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...