back
prabhu bank
sanima relaince life

विदेशस्थित नेपाली दूतावासमा ‘श्रमिक हेल्पडेस्क’ राख्ने सरकारको निर्णय

552 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । नेपाल सरकारले विदेशस्थित विभिन्न मुलूकमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय गरेको हो ।

माघ पहिलो साता प्रधानमन्त्री प्रचण्डले श्रम सचिवसहित मन्त्रालयका अधिकारीहरूलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौं झमेला र सास्ती भोग्नुपरेको बताउँदै विदेशमा रहेका नेपाली कामदारहरूका समस्या सम्वोधनका लागि डेस्क राख्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गरेको थियो । गृहकार्य पूरा गरेपश्चात् मन्त्रालयले विदेशस्थित विभिन्न मुलूकमा कार्यरत श्रमिक एवं कामदारहरूको समस्या सम्वोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरेको हो ।

मन्त्रालयको निर्णय जानकारी गराउँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले भने– ‘विदेशमा रहेका नेपाली कामदारहरूका समस्याबारे प्रधानमन्त्रीज्यूले चासो राख्दै हेल्पडेस्क राख्न भनेका थिए । प्रधानमन्त्रीज्यूको निर्देशनपछि हामीले आवश्यक गृहकार्य गरेर यो निर्णयमा पुगेका छौँ । सरकारको यो निर्णयले विदेशमा रहेका सम्पूर्ण श्रमहरूको पेशागत हकहित, सुरक्षा र प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ। निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौ ।’

 


ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा...

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनारले...

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान...

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान...