back
ntc
global ime bank

दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्न सक्छ : डा.शशांक कोइराला

390 

shares

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले सरकार गठनकै लागि दुई ठूला दल एकापसमा मिल्दा मुलुक एकतन्त्रीय शासनतर्फ उन्मुख हुन सक्ने खतरा बढ्ने बताएका छन् । कोइरालाले नेपाल प्रेस युनियन सुनसरी शाखाले इटहरीमा आयोजना गरेको पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा कोइरालाले भने, “लोकतन्त्रको सुन्दर पक्ष भनेको बलियो विपक्षी हो । तर, दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर बन्न सक्छ,” । कोइरालाको प्रतिप्रश्न गरे, ‘सत्ताको कमजोरीमा प्रश्न उठाउन नसक्ने प्रतिपक्ष भएमा कसरी लोकतन्त्र बलियो हुन्छ ?’ ।

कांग्रेसकै कारण कम्युनिष्ट स्थापित भएको दाबी गर्दै कोइरालाले नेपालमा कम्युनिस्टसँग मिल्नु हुन्न भन्ने पक्षमा आफ्नो मान्यता रहेको स्पष्ट पारे । उनको भनाइ छ, “चुनाव हार्नासाथ उनीहरूसँग मिल्नुपर्ने केही कारण छैन,” । संघीयता कार्यान्वयनमा देखिएको समस्या समाधान गर्न विकेन्द्रीकरणलाई पूर्ण रूपमा लागु गर्नुपर्नेमा कोइरालाको सुझाव छ ।

राजनीतिक दलहरूले समेत आन्तरिक रूपमा विकेन्द्रीकरण अनुशरण गर्दै कार्यान्वयनमा जानुपर्ने कोइरालाले बताएका छन् । उनी भन्छन्, “पार्टीको आन्तरिक लोकतन्त्र विकेन्द्रीकरणबाटै थप सुदृढ हुन्छ ।”


नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक...

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।...

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको...

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् : प्रचण्ड

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले...

सामाजिक सञ्जाल नियमनका नाममा प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजियो : प्रचण्ड

सामाजिक सञ्जाल नियमनका नाममा प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजियो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...