नेपाली कांग्रेसले बाँकी भ्रातृ संस्थाको अधिवेशन गराउन निर्देशक समिति गठन गर्ने
330
sharesकाठमाडौं । नेपाली कांग्रेसले बाँकी भ्रातृ संस्थाका अधिवेशन गर्न लागि अधिकार सम्पन्न फरकफरक निर्देशक समिति गठन गर्ने भएको छ । पार्टीको बुधबार बसेको पदाधीकारी बैठकले आगामी चैत मसान्तभित्र अधिवेशन गर्ने गरी अधिकार सम्पन्न निर्देशक समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिले भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका बनाउन अधिकार पाउनेछन् । यस्तै, विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने अधिकार पनि पाउनेछन्
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघको अधिवेशन लामो समयदेखि हुन सकेको छैन ।
लामो समय अधिवेशन हुन नसकेर थाती रहेका यी संघहरूको तदर्थ समितिको समायवधि पनि असार १५ गते समाप्त भएको थियो । यी तदर्थ समितिहरूको म्याद आगामी चैतसम्मलाई थप गरिएको छ ।
वि.सं.२०८१ असार १९ बुधवार १७:३७