back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

विगेन नेपालले मनायो, आफ्नो स्थापनाकालको १० औं वार्षिकोत्सव

1.9K 

shares
sanima relaiance life insurance

काठमाडौं । वगेन नेपालले आफ्नो स्थापनाकालको १०औं वार्षिकोत्सव सम्पन्न गरेको छ । विगेन विगेन नेपालले वार्षिकोत्सव सनराइज सम्मेलन केन्द्र गोदावारीमा भव्य समारोहबीच मनाएको हो । सनराइज सम्मेलन केन्द्र गोदावारीमा भव्य समारोहबीच मनाएको हो । २०७२ सालमा स्थापना भएको माया, खुसी, स्वास्थ्यको अभियान सञ्चालनगरिरहेको विगेन नेपालले निःशुल्क स्वास्थ्य परामर्श र थर्मल थेरापी सेवा प्रदानगर्दै आएको छ । कार्यक्रमा उपप्रधान एवं परराष्ट्रमत्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका हुन् ।

विगेन नेपालले दक्षिण कोरिया मालामो अनुसन्धान र अन्वेषणबाट विकास भएको विगेन थर्मल थेरापी पद्धति, प्रविधि र उपकरणबाट शारीरिक बनावटको आधारमा बहुप्रभावसहित शरीरका सबै अंगहरुको प्रभावकारी उपचार गर्दै आएको छ । विगेन नेपाले ६५ भन्दा बढी सेवा केन्द्रहरुमार्फत तराईदेखि हिमाली क्षेत्रमा बसोवास गर्ने नेपालीहरुलाई थर्मल थेरापी सेवा दिँदै आएको छ ।

विगेन नेपालले दैनिक करिब १२ हजारभन्दा बढी हाड जोर्नी, नसा च्याँपिएको, ढाँड गर्धनको दुखाई, दम, सुगर, प्रेसर, कोलस्टोरेज, प्यारालाईसिस, पार्किन्सन, अनिन्द्रा, कब्जियत र महिनावरी समस्याबाट पीडितहरुलाई निःशुल्क स्वास्थ्य परामर्श र थेरापी सेवा उपलब्ध गराउँदै आएको छ ।  नियमित प्रयोगबाट हिँडडुल गर्न नसक्ने, शारीरिक दुखाई भएका, कष्टकर जीवन विताइरहेका, लामो चिकित्सकीय उपचारबाट लाभ प्राप्तगर्न नसकेका, जीवनबाट हरेस खाएकाहरुले समेत यो थेरापी सेवाको नियमित प्रयोगबाट स्वास्थ्यलाभ लिने गरी सामान्य जीवनशैलीमा फर्किएको विगेन नेपालको दावी छ ।

स्वास्थ्यलाभ प्राप्त गरेका, निरन्तर थेरापीको आवश्यकता भएका तर सेन्टरमा दैनिक आउन नसक्नेहरुले उपकरण खरिद घरमै लगेर प्रयोग गर्ने गरेका छन् । उपकरण विक्रिबाट हुने आम्दानीबाट निःशूल्क सेवा दिने गरेको विगेन नेपालले बताएको छ । सेन्टर आउनेहरुको भने थेरापी सेवानिःशुल्क प्रदान गर्ने गरेको बताइएको छ ।

विगेन नेपालले विभिन्न क्षेत्रमा योगदानगर्ने चिकित्सक, कलाकार, संचारकर्मी, सामाजिक र साँस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई आफ्नो स्थापना दिवसको अवसरमा अभिनन्दन गरेको छ । वार्षिकोत्सव कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ गायक मुरलीधर र वरिष्ठ संचारकर्मी ऋषिध मलालगायतलाई प्रशंसापत्रसहित अभिनन्दन गरेको थियो । त्यस्तै, कोरियन मेडिकल ग्रुपका ग्लोबल अध्यक्ष श्रीमती चुङ सिंग्जा हुन पनि कार्यक्रममा सहभागी भएकी थिइन् । वार्षिकोत्सव समारोहमा करिब पाँच दर्जन जेष्ठ नागरिकलाई समेत सम्मान गरिएको थियो । वार्षिकोत्सव समारोहमा विगेन थर्मल थेरापी सेवा लिइरहेका ५ हजारभन्दा बढी सहभागी थिए ।

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विगेन नेपालको आगामीयात्रा अझ प्रभावकारी र सेवाभावले ओतप्रोत रहोस् भन्दै शुभकामना व्यक्त गरेका थिए । मन्त्रीश्रेष्ठले चावहिलमा रहेको सार्वजनिक सेवा केन्द्रमा गएर विगेन थेरापीको सेवा आफूले पनि लिएको स्मरण गरे । उनले आफूले विगेन थेरापीको लाभ लिइसकेकोले ‘प्रकाश श्रेष्ठको नेतृत्वमा रहेको विगेन नेपालले समाजमा अतुलनीय योगदान गरेको बताए । मन्त्री श्रेष्ठले भने, ‘यो साँच्चै नै प्रसंशनीय र गौरवको कुरा हो ।’

कार्यक्रममा विगेन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले सबै आमा बाबुलाई आफ्नै सम्झेर सेवा प्रदान गर्दै आएको बताए । उनले सेवामार्फत देशभर हजारौं आफन्त कमाएको सम्झना पनि गरे । श्रेष्ठले देशमा बसेर सेवामुखी काम गर्नुपर्छ भनेर आफूले विगेन थेरापी सेवा सञ्चालनमा ल्याएको बताए । देशभर १५ लाखभन्दा बढीलाई सेवा दिइस सकेको पति अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा नेकपा (एमाले)का नेता तथा सांसद एलपी साँवा लिम्बुले नेपालमा केही हुँदैन भनेर विदेशिनेको लर्को लागिरहेको बेलामा विगेन नेपालले प्रशंसनीय काम गरेको भन्दै यसले नेपालको विकासमा टेवा पु¥याउने बताए । दैनिक १२ हजार हाराहारीले निःशुल्क सेवा लिने विषयलाई मामुली सम्झिनु नहुने बताए । उनले आफ्नो निर्वाचन क्षेत्र झापामा विगेन नेपालले शाखा विस्तार गरेर सेवा दिइरहेको भन्दै त्यसप्रति खुसीव्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले एउटा व्यक्तिको पहलमा देशभरमा विगेन थर्मल थेरापी उपचार सेवा दिएको भन्दै प्रशंसा गरिन् । उनले विगेन नेपालका अध्यक्ष श्रेष्ठले देशभर निःशुल्क रुपम थर्मल थेरापी सेवा प्रदान गर्न सक्दा सरकारले किन गर्न सकिरहेको छैन भनेर प्रतिप्रश्न गर्नसमेत भ्याइन् । विगेन नेपालबाट सरकारले सिक्नुपर्ने र मनन गर्नुपर्ने धेरै कुराहरु रहेको सांसद कार्कीको भनाइ छ ।

पत्रकार ऋषि धमलाले विगेन नेपालका अध्यक्ष श्रेष्ठले समाज सेवा के हो भन्ने कुरा प्रमाणित गरेर देखाइदिएको बताए । पत्रकार धमलाले मानिसको जीवनमा सबैभन्दा ठूलो धन स्वास्थ्य रहेको बताउँदै विगेन नेपालले धेरैलाई स्वास्थ्य सेवा प्रदान गरेकोमा खुसी व्यक्त गरे । उनले आज सरकारले भन्दा पनि प्रभावकारी स्वास्थ्य सेवा विगेन नेपालले दिएको भन्दै विगेन नेपालले प्रदान गर्दै आएको विगेन थर्मल थेरापीलाई सरकारले पनि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

 


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

भारतमा देखियो निपाह भाइरस, एकजनाको मृत्यु

भारतमा देखियो निपाह भाइरस, एकजनाको मृत्यु

केरल । भारतको केरल राज्यमा निपाह भाइरस देखिएको छ...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...