संविधान संशोधनका बुँदाहरूबारे सार्वजनिक रूपमा बहस हुनुपर्छ : मनिष झा
534
shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले दुई पार्टीका दुई वृद्ध नेताले व्यापारीको घरमा बसेर गरेको सहमति देशले स्वीर्कानुपर्ने बाध्यता नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद झाले संविधान संशोधनका बुँदाहरूबारे सार्वजनिक रूपमा बहस गर्नुपर्ने बताएका हुन् ।
संविधान संशोधनमा के–के बुँदा छ भनेर उहाँहरूले सार्वजनिक गर्नुपर्यो । सार्वजनिक गरेपछि त्यसलाई सार्वजनिकरूपमा बहस पनि गर्नुपर्यो । दुईवटा पार्टी र दुईवटा वृद्ध कुनै व्यापारीको कोठामा बसेर गरेको सहमतिलाई देशले स्वीकार्नुपर्छ भन्ने छैन नि । सार्वजनिकरूपमा बहस हुनुपर्यो, उनले भने ।
वि.सं.२०८१ असार २३ आइतवार १८:५३