back

कथासार प्रष्ट्याउने ‘पोस्टर’

‘काठमाडौं । राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले ‘बहाव’को पहिलो झलक सार्वजनिक गरेका छन् । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा प्रस्तुत छन् ।

प्रमोद कँडेलको लेखन र निर्देशनमा तयार भएको चलचित्रको सार्वजनिक पोस्टरमा अभिनेत्री पन्तले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिएका छन् । “जिज्ञासा, विचार अनि यथार्थको कथामा तयार गरिएको चलचित्रको पोस्टरले कथासार दर्शाउने छ । खोजीमा भइरहेको अवस्थाको विद्रोहलाई समेटेका छौँ”, फोटोपत्रकार कँडेलले भने, “जिज्ञासु स्वभावले निम्त्याउने उतारचढावका परिस्थितिबाट आउने हलचललाई कसरी सन्तुलितरूपमा अगाडि बढाउन सकिन्छ भन्ने यसले बुझाउँछ ।”

अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठसमेतको अभिनय रहेको चलचित्रमा सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको छ भने कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन गरेका छन् ।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...