back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

सीजीको नथिङ ब्रान्डका सीएमएफ फोन, बड्स र वाच सार्वजनिक

438 

shares
sanima relaiance life insurance

काठमाडौं । सीजी मोबाइल्सलले नेपालमा नथिङ ब्रान्डका नयाँ उत्पादन लन्च गरेको छ । जसमा नथिङ सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २ र सीएमएफ वाच प्रो २ रहेको छन् । कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यी नयाँ उत्पादन सार्वजनिक गरेको हो । त्यस्तै, सीजीले नथिङ फोनको नेपाल ब्रान्ड एम्बेसडरमा प्रदीप खड्कालाई नियुक्त गरेको छ ।

सीएमएफ फोन १ मा मिडियाटेक डाइमेन्सिटी ७३०० फाईभजी चिप छ । फोनमा ५० मेगापिक्सेलको मुख्य र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । आठ जीबी र्‍यामलाई आठ जीबी बढाएर १६ जीबी पुर्‍याउन सकिन्छ । फोनको स्टोरेज दुई टेरबाइटसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।

फोनमा १२० हर्जको रिफ्रेश रेट र दुई हजार निट्सको पिक ब्राइटेनेस छ । नथिङको सीएमएफ फोन १ मा पाँच हजार एमएएच ब्याट्री छ ।

कार्यक्रममा सीजीका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले भारतमा केही अघि ४५ मिनेटमा ४५ हजार सेल भएको बताउँदै नेपालमा पनि आजैदेखि फोन देशभर उपलब्ध हुने बताए । उनले सुपथ मूल्यमा ग्लोबल लेभलको प्रोडक्ट नेपालमा उपलब्ध गराउन चाहेको उनको भनाइ ।

सीएमएफ फोन १ को आठ जीबी र्‍याम र १२८ जीबी भेरियन्टको मूल्य ४५ हजार ९९९ छ । १२ जीबी र्‍याम र २२८ जीबी भेरियन्टको मूल्य ४१ हजार ४९९ रुपैयाँ छ ।

सीएमएफ फोन २ को आठ जीबी र्‍याम र १२८ जीबी भेरियन्टको मूल्य हजार ९९९ छ । १२ जीबी र्‍याम र २२८ जीबी भेरियन्टको मूल्य ५२ हजार ९९९ रुपैयाँ छ ।

आगामी तीन दिनसम्म सीजी डिजिटलबाट खरिद गर्दा एक हजार रुपैयाँ छुट छ । दराज अनलाइनबाट खरिद गर्दा पनि ५०० रुपैयाँ छुट र अन्य भौचर मिल्ने कम्पनीले जनाएको छ ।

 


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...

‘अभिलाषाका झारहरू’को विमोचन

‘अभिलाषाका झारहरू’को विमोचन

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा कवि राजेन्द्र ओझा...