back
sanima relaince life

इतिहासलेखन र अनुसन्धानमा ज्ञानमणि नेपालको चर्चा 

966 

shares
sanima relaince life

काठमाडौँ । मूर्धन्य इतिहासकार ज्ञानमणि नेपालको स्मृतिमा नेपाल प्रज्ञा-प्रतिष्ठानले इतिहास तथा वाड्मयको अनुसन्धानमा ज्ञानमणि नेपालको योगदानु विषयक विचार-गोष्ठीको आयोजना गरेको थियोे । उक्त शीर्षकको कार्यपत्र डा। शैलेन्दुप्रकाश नेपालले प्रस्तुत गर्नुभएको थियो । प्रज्ञा(प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गोष्ठीको समुद्घाटन गर्नुभएको थियोे । उहाँले ज्ञानमणि नेपाललाई इतिहास र वाङ्मय क्षेत्रको प्रामाणिक उत्खनन गर्ने एक विशिष्ट सर्जकको रूपमा अङ्कित गर्नुभएको थियोे ।

प्रज्ञा(प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमलनिभा) ले इतिहास जो सुकैले लेख्न र बुझ्न कठिन भएको बताउँदै ज्ञानमणि नेपालले इतिहासको सत्यतामा आधारित भएर गहन अनुसन्धान गर्नुभएको बारे चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियोे । प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा।धनप्रसाद सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै इतिहासको अध्ययन र अनुसन्धानका क्षेत्रमा एक प्रेरक व्यक्तिको रूपमा ज्ञानमणि नेपालले पुर्याएको योगदान उल्लेखनीय रहेको बताउँदै स्वागत मनतव्य राख्नुभएको थियोे ।

गोष्ठीका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ(परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले इतिहासविद् ज्ञानमणि नेपाललाई खरो र निडर व्यक्तित्वको रूपमा लिन सकिने बताउँदै उहाँले सत्य र तथ्य एवम् इतिहास र वाङ्मयका प्रामाणिक अनुसन्धाता रहेको बताउनु भएको थियो । गोष्ठीमा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले इतिहास लेखनमा देखिएका त्रुटिहरूलाई आधिकारिकता पुष्टि हुने खालका अनुसन्धान र प्रामाणिक स्रोतहरूको उत्खनन गर्नमा ऐतिहासिक योगदान ज्ञानमणि नेपालको रहेको बताउनु भएको थियो ।

गोष्ठीमा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य दिनेशराज पन्तले इतिहासविद् ज्ञानमणि नेपालले स्वार्थरहित ढङ्गले सत्य र तथ्यपरक इतिहास लेखन र अनुसन्धानमा विशेष योगदान पुर्‍याउनु भएको बताउनुभएको थियोे ।

गोष्ठीमा इतिहासविद् तथा प्रज्ञा(प्रतिष्ठानका पूर्व प्राज्ञसभा सदस्य प्राडा त्रिरत्न मानन्धरले ज्ञानमणि नेपालले इतिहास लेखन र अनुसन्धानमा अतुलनीय योगदान गरेको बताउनुभएको थियोे । गोष्ठीमा एकमणि नेपालले आफ्ना सहोदर दाजु ज्ञानमणिको इतिहासमा गहिरो अध्ययन रहेको बताउँदै उहाँको व्यक्तित्व र कृतित्वलाई अझै प्रकाशमा ल्याउनुपर्ने बताउनुभएको थियो। ग‍ोष्ठीमा सहभागीका तर्फबाट कार्यपत्रमाथि डा. गोविन्दमान सिंह कार्की र मेघराज ढकालले आआफ्नो जिज्ञासा राख्नुभएको थियोे ।उक्त गोष्ठीको सञ्चालन प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र विभागका सदस्य तथा योगविद् डा. टीपी धमलाले गर्नुभएको थियोे ।

 


गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित...

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश...