back
adikar sampana bagmati
fikal gaupalika

नेकपा एसले पनि राष्ट्रपतिको उम्मेदवार उठाउने

36 

shares

धनगढी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिको उम्मेवार समाजवादीले पनि उठाउन सक्ने बताएका छन् ।

आज ९मंगलबार० प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने बताएका हुन् ।

उनले अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने सम्भावना नदेखिको पनि बताए । राष्ट्रपतिको निर्वाचनको विषयमा सबै राजनीतिक दलले सुझबुझपूर्ण तरिकाले निर्णय लिनुपर्ने उनको भनाइ छ ।

‘राष्ट्रपतिको निर्वाचन भनेको महत्वपूर्ण एजेन्डा हो । यसमा सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुर्याउनु पर्छ,’ खनालले भने, ‘त्यसका लागि सबै पार्टीहरू राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।’

 


प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्यप्रदेशको उज्जैन...

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय...

काठमाडौं महानगरले भन्यो- उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नू

काठमाडौं महानगरले भन्यो- उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो, मध्यम...

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत...

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

नयाँदिल्ली । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

नयाँदिल्ली । भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री...