back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

गलकोट नगरपालिकाद्वारा ज्येष्ठ नागरिकको घरमै उपचार

216 

shares
sanima relaiance life insurance

ढोरपाटन । गलकोट नगरपालिकाले गाउँ–गाउँमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधि दिन थालेपछि वृद्धवृद्धा खुसी भएका छन् ।

गलकोट नगरपालिका–१० की ८४ वर्षीया पावर्ती रानाले उपचारका लागि घण्टौँ धाएर स्वास्थ्य चौकी पुग्ने गरेको बताउँदै अहिले घरमै उपचार पाउँदा खुसी भएकोे बताउँछिन् ।
नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकको सहजताका लागि गत माघदेखि घरमै स्वास्थ्य परीक्षण तथा औषधि उपलब्ध गराउन थालेको छ ।

घरमै उपचार पाएपछि उनी दङ्ग भएकी छिन््, “सामान्य उपचारका लागि घण्टौँ लगाएर बजारमा पुग्नु पथ्र्यो, अहिले घरमै चिकित्सकले जाँचेर औषधि दिएपछि मलाई निकै खुसी लाग्यो, बुढेसकाल लाग्यो बजारमा झरेर उपचार गराउन समस्या थियो तर घरमै चिकित्सक आएपछि उपचारका लागि कुनै समस्या भएन ।”

पहिले गाउँमा कोही बिरामी परे धामी झाँक्री खोज्ने गरेको स्मरण गर्दै उनी अहिले घरमै उपचार पाएर औषधि खान थालिएको जानकारी दिन्छिन् । गलकोट–२ की ७९ वर्षीया मनकुमारी भण्डारीले अघिल्लो महिना घरमा आएका स्वास्थ्यकर्मीसँग स्वास्थ्य परीक्षण गराइन् । उनलाई स्वास्थ्यकर्मीले औषधिसमेत उपलब्ध गराए । “घरमै स्वास्थ्य जाँच र औषधि पाएपछि मुलुकमा साँच्चिकै परिवर्तन आएको अनुभव भएको छ”, उनले भनिन् ।

 


नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

नेपाल लाइफले शिक्षा क्षेत्रमा एक अर्बभन्दा बढी लगानी गर्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स...

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

धारिलो हतियारको प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

काठमाडौं । गएराति धारिलो हतियार प्रयोगबाट पूर्वराज्यमन्त्री रामचन्द्र रायको...

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत...

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

नबिल बैंकलाई एकैसाथ चार अवार्ड

काठमाडौं । नबिल बैंक लिमिटेडले एकसाथ चार वटा प्रतिष्ठित...

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

प्रधानमन्त्री ओलीको प्रत्यक्ष प्रश्नोत्तर आज हुदैँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको पहिलो प्रत्यक्ष...

‘अभिलाषाका झारहरू’को विमोचन

‘अभिलाषाका झारहरू’को विमोचन

काठमाडौं । नेपाल प्रज्ञा(प्रतिष्ठानको सिद्दिचरण सभाकक्षमा कवि राजेन्द्र ओझा...