back
RBB

पूर्वाधार निर्माणको महत्वकाक्षी योजना

156 

shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा स्थायी पूर्वाधार निर्माणको महत्वकाक्षी योजना अगाडि बढाएको छ । सरकारले राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका वडा नं ३ मा रहेको प्राविधिक शिक्षालय परिसरमा प्रदेश महत्वपूर्ण आयोजनाको रुपमा राजधानीको पूर्वाधार निर्माणको कार्यलाई अगाडि बढाएको हो ।

प्रदेश सरकार खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय अन्तर्गत निर्माण प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय र प्रशासनिक भवनको निर्माणकार्य सुरु गरिएको छ । प्रदेश स्थापना दिवशको अवसर पारेर आज मुख्यमन्त्री लीला गिरीले प्रदेश राजधानी व्यवस्थापन तथा निर्माण आयोजनाको शिलान्यास गरे ।

सो अवसरमा उनले प्रदेश राजधानी व्यवस्थापनको थालनी गरिएको जनाउँदै यसलाई पूर्णता दिएर सङ्घीयतालाई स्थापित गर्न लाग्नुपर्ने बताए । उनले प्रदेश सरकारका सबै निकाय र निर्माण कम्पनीले आयोजनाको काम निश्चित समयमा सम्पन्न गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।

सो अवसरमार खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले राजधानी पूर्वाधार निर्माणको काम समयमा सम्पन्न गर्न बजेटको अभाव नहुने स्पष्ट पारे । उक्त आयोजना अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित नौ विभिन्न मन्त्रालय र प्रशासनिक भवनका लागि रु तीन अर्ब नौ करोड रकममा शर्मा÷सगुन जेभी सीतापाइला काठमाडौँले निर्माण सम्झौता गरेको छ । आयोजनाको काम २०८२ पुस गत सम्पन्न गर्नुपर्ने संझौतामा उल्लेख गरिएको छ ।


विपिन जोशी जीवित छन्, छाड्ने विश्वास दिलाइएको छ : प्रधानमन्त्री

विपिन जोशी जीवित छन्, छाड्ने विश्वास दिलाइएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायल आक्रमणका...

एनसेलको शेयर खरिद–बिक्री शंकाको घेरामा

एनसेलको शेयर खरिद–बिक्री शंकाको घेरामा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको...

१३० अर्बको एनसेल सात अर्बमा बिक्री वितरण गर्नु गैरकानुनी : प्रधानमन्त्री प्रचण्ड

१३० अर्बको एनसेल सात अर्बमा बिक्री वितरण गर्नु गैरकानुनी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल शेयर बिक्री...

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर एक धारा’

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर एक धारा’

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास...

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौँ । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास...

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

काठमाडौँ । नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल...