back
sanima relaince life

खत्याड गाउँपालिकासँग कर्णाली करिडोर जोडिँदै

636 

shares
sanima relaince life

काठमाडौं । कर्णाली नदीमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेसँगै कर्णाली करिडोर मुगुको खत्याड गाउँपालिकासँग जोडिने भएको छ । सुकाढिक झुगलास्थित कर्णाली नदीमा बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेसँगै खत्याड गाउँपालिका र कर्णाली करिडोरको सडक सम्बन्ध जोडिने भएको हो ।

सो गाउँपालिका र कर्णाली प्रदेश सरकारको करिब रु तीन करोड ३५ लाख रुपैयाँ लगानीमा सो नदीमा ६० मिटरको बेलिब्रिज निर्माण तीव्र गतिमा भइरहेको छ । पुल निर्माणको ठेक्का लिएको जल्पा÷रविचक्र जेभीले यही फागुन पहिलो साताभित्र काम सक्ने गरी निर्माणलाई तीव्रता दिएको छ ।

पुल निर्माण भए बाह्रै महिना यातायात सञ्चालन हुने र आसपासका धेरै गाउँका बासिन्दालाई सुविधा पुग्ने स्थानीय कमल शाहीले बताए । ्पुल बनेपछि गाउँसँग सहरी क्षेत्रहरू जोड्न सजिलो हुने खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले बताए । सुकाढिक झुगलादेखि निगालीबोटसम्म सडक निर्माण भइसकेको छ । पुल बनेपछि कर्णाली करिडोरबाट आएका सवारीसाधन रातापानी, गम्था हुँदै निगालीबोटसम्म पुग्नेछन् ।


गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित...

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश...