back
ntc
global ime bank

चितवन–२ मा चैत २० गते उम्मेदवारी दर्ता

324 

shares

काठमाडौं । चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ ।निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार चैत २१ मा उम्मेदवारको विरोधमा उजुरी, २२ मा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गरिने भएको छ ।

यस्तै २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन तालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न निर्वाचन कार्यालयलाई परिपत्र समेत गरेको कार्यालयका सूचना अधिकारी अमबहादुर पुर्जाले जानकारी दिए ।

अहिले कार्यालयले नामावली अद्यावधिकको काम गरिरहेको छ । फागुन १ देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिने छ । गत मङ्सिर ४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै उहाँको सांसद पद पनि खारेज भएको थियो ।

रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आयोगले उपनिर्वाचनका लागि आयोगले तयारी गरेको हो । मङ्सिर ४ मा भएको निर्वाचनमा एक लाख २५ हजार एक सय ६५ मतदातामध्ये ८२ हजार नौ सय ३४ मत खसेको उहाँले जानकारी दिनुभयो । सूचना अधिकारी पुर्जाका अनुसार माघ ३ देखि २९ सम्म जिल्लामा पाँच सय ९७ जनाले मतदाता नामावलीमा दर्ता गराएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा उनीहरुले नामावली दर्ता गराएका हुन् । आयोगले उपनिर्वाचनको मिति तय गरेसँगै जिल्लामा मतदाता नामावली सङ्कलनको काम रोकिएको छ ।


प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल । कालीगण्डकी नदीको तटमा...

अबुधाबीबाट पनि श्रम स्वीकृति

अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम...

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

तोलाको एक लाख ७० हजार नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ...

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

विद्यार्थीमाथि यातना दिनेलाई हदैसम्मको कारबाही गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीमाथि यातना...

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

परराष्ट्रमन्त्री डा. राणा ओमन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ओमन प्रस्थान...

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश महासचिवमा ठटाल

काठमाडौं । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन, उपत्यका...