back
sanima relaince life

बंगलादेशमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्रमन्त्री राणा

1.3K 

shares
sanima relaince life

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा अध्यारत नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएकी छिन् । उनले बगंलादेशमा अध्ययन गर्न गएका नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूबारे सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएकी हुन् ।

उनले भनेकी छन्, “ढाकास्थित नेपाली दूतावासले स्थानीय अधिकारी, कलेज प्रशासन र नेपाली विद्यार्थीहरूसँग उनीहरूलाई सुरक्षित तवरले बस्ने, सुरक्षा दिने र आवश्यक परेको अन्य सहयोग सम्बन्धमा नियमित रूपमा सम्पर्क गरिरहेको छ । बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी एवं अन्य नेपाली सुरक्षित छन् ।”

बंगलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण उत्पन्न परिस्थितिले त्यहाँ रहेका नेपाली विद्यार्थीहरू प्रभावित भएका छन् । त्यहाँबाट विद्यार्थी र यहाँ उनीहरूका आफन्तहरूले समेत चिन्ता व्यक्त गरेपछि उनीहरूलाई त्यहाँ सुरक्षित तवरमा बस्ने र आवश्यक परे नेपाल फर्किने व्यवस्थाका लागि पनि परराष्ट्र मन्त्रालयले उचित व्यवस्था गरेको उनले बताइन् ।

मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गरी आवश्यक समन्वयका लागि अधिकारी तोकिएको छ । ढाकास्थित नेपाली दूतावासलाई पनि त्यहाँ रहेका विद्यार्थीको सुरक्षाका लागि आवश्यक समन्वय गरी नेपाल फर्कन चाहनेहरूका लागि यात्रामा सहजीकरण गर्न निर्देशन दिइएअनुसार दूतावासले सो कार्यसम्पादन गरिरहेको मन्त्री डा राणाले बताइन् ।

आइतबार मात्र हवाईमार्गबाट ११५ र काँकडभिट्टा नाका भएर ३०५ नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए ।


एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई थप सेवा...

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु...

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को...

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

काठमाडौं । आज (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...