back

उपप्रधानमन्त्री लिङ्देन र अष्ट्रेलियाका राजदूत भोल्कबीच शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेट गरेका छन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार–विमर्श भएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री लिङ्देनले नेपाल र अष्ट्रेलियाबीच छ दशक लामो कूटनीतिकसम्बन्ध रहेको चर्चा गर्दे कृषि, जलस्रोत, शिक्षालगायतका क्षेत्रमा सहयोग गरी नेपाली जनताको जीवनस्तर सुधारमा पु¥याएको योगदानका लागि अष्ट्रेलियन सरकारलाई धन्यवाद दिए ।

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ष्ट्रेलियाको ‘कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन’बीच सन् २०१७ मा समझादारी भएको स्मरण गर्दै उनले कमला नदीको पानीलाई व्यवस्थित रुपले प्रयोग गर्ने र चुरे दोहन रोक्ने लगायतका कार्यमा कमला नदी ‘स्टेट अफ दी बेसिन प्लान’ कार्यान्वयनको चरणमा रहेको जानकारी दिए ।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री लिङ्देनले पचास हजारभन्दा बढी विद्यार्थी अष्ट्रेलियामा अध्यनरत रहेको चर्चा गर्दै उनीहरुले लैजाने सामानको क्वारेन्टाइन गर्नेलगायतका समस्या समाधानका पक्षमा सकारात्मक भूमिका निर्वाह गर्न राजदूत भोल्कसँग आग्रह गरेका थिए ।
नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूत भोल्कबाट निर्वाह भएको भूमिकाको प्रशंसा गर्दै उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

भेटवार्ताका क्रममा अष्ट्रेलियन राजदूत भोल्कले जलस्रोत व्यवस्थापनमा कमला नदी ‘स्टेट अफ दी बेसिन प्लान’ नमूनायोग्य कार्य हुने उल्लेख गर्दै जल तथा ऊर्जा क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीच भएको सम्झौता अविष्मरणीय रहेको बताए ।

अष्ट्रेलियन राजदूत भोल्कले नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीयसम्बन्ध आगामी दिनमा अझ सुदृढ र घनिष्ट हुने विश्वास व्यक्त गर्नुभएको उपप्रधानमन्त्री लिङ्देनका प्रेस संयोजक रञ्जित प्रसाईंद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...