back
ntc
global ime bank

सांसद भण्डारीको उपचारका लागि भारत लैजाने तयारी

366 

shares

काठमाडौं । गएराती ग्याँस सिलिन्डर लिक भएर गम्भिर घाइते भएका सांसद चन्द्र भण्डारीलाई किर्तिपुर अस्पतालले देशबाहिर सुबिधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र लैजान सिफारिस गरेको छ ।

हिजो राती ग्याँस लिक भएपछि घाइते भएका सांसद भण्डारीलाई किर्तिपुर अस्पताल लगिएको थियो । अस्पतालका अनुसार सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ भने उनका आमा ७० प्रति भाग जलन भएको छ ।

‘माननीयज्यूको अनुहार, हात तथा दुबै गोडामा गरी २५–३० प्रतिशत र आमाको जीउको अधिकांस भागमा गरी ७० प्रतिशत जलन भएको तथा दुवै जनाको स्वाशनलीमा तातो हाँवा र धुवाँको कारणले जलन भएको हुन सक्ने अत्याधिक सम्भावना देखिन्छ’ अस्पतालका जलन बिभागका प्रमुख किरण नकर्मीले जानकारी दिए ।

सो अस्पातालको मेडिकल डाइरेक्टर निजिमा ताम्राकारका अनुसार नेपालमा उनीहरुको उपचार सम्भव नभएकाले बिदेशमा उपचार गराउन सबन्धित परिवारलाई सुझाव दिईएको छ। परिवारजनका अनुसार उनलाई भारत लैजाने तयारी भईरहेको छ।


नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक...

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।...

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको...

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् : प्रचण्ड

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले...

सामाजिक सञ्जाल नियमनका नाममा प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजियो : प्रचण्ड

सामाजिक सञ्जाल नियमनका नाममा प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजियो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...