सरकारमा जाने विषय व्यक्तिगत चाहनाले मात्रै निर्णय हुन सक्दैन : राजेन्द्र लिङ्देन
408
sharesकाठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने विषय व्यक्तिगत चाहनाले मात्रै निर्णय हुन नसक्ने बताएका छन् । बिहीबार काठमाडौंमा पार्टीको जिल्ला अध्यक्षहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारमा जाने भन्ने कुरा परिस्थितिले निर्माण गर्ने भन्दै तत्काल सरकारमा जाने कुनै तयारी नरहेको बताएका हुन् ।
संसद्को गणित र राष्ट्रिय राजनीतिमा सरकारमा रहँदा वा नरहँदा के फरक रहन्छ भन्ने विश्लेषण पार्टीले गर्ने लिङ्देनले उल्लेख गरे ।
त्यस्तै, अध्यक्ष लिङ्देनले पार्टीले उठाएका एजेन्डालाई प्रभावित हुने कुनै पनि काम नेतृत्वबाट नहुने भन्दै यसअघि भएका गल्ती कमजोरीलाई सुधार गरेर अघि बढ्ने स्पष्ट पारे ।
वि.सं.२०८१ साउन १७ बिहीवार १५:५२