back
himalayan bank

सांसद भण्डारीलाई अस्पतालबाट ७ स्वास्थ्यकर्मीसहित एम्बुलेन्समा राखेर विमानस्थल लगियो

276 

shares
nicasia bank

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई अस्पतालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ । ७ स्वास्थ्यकर्मीसहित एम्बुलेन्समा राखेर विमानस्थल लगिएको हो ।

विमानस्थलमा एयर एम्बुलेन्समार्फत उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा भर्ना गरिने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । भण्डारीलाई अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल पठाउने बेला नेपाली कांग्रेसका केन्द्रीय तहका पदाधिकारीदेखि शुभेच्छुकको बाक्लो भीड कीर्तिपुर बर्न अस्पतालमा थियो ।

कीर्तिपुर बर्न अस्पतालले यहाँ उपचार सम्भव नहुने भन्दै विदेशमा उपचार गर्न सिफारिस गरेका थिए । तर भण्डारीले आफूले यहीँ उपचार गर्न चाहेको, भारतमा नजाने बताएका थिए । उनको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै अस्पतालमै बसेको कांग्रेस नेताहरूको अनौपचारिक बैठकले भारतमा उपचार गर्ने निर्णय गरेको थियो । सोहीअनुसार उनलाई भारतको मुम्बई लैजान लागिएको हो ।

उनलाई श्री एयरलाइन्सको विमानबाट भारत लगिँदै छ । कांग्रेस सांसद भण्डारीको उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । सोहीअनुसार बिहीबार बिहानैदेखि स्वास्थ्यमन्त्री पदम गिरी आफैं कीर्तिपुर अस्पतालमा खटिएका थिए ।


प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा हेटौँडा सबस्टेसन उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४०० केभीको हेटौँडा...

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

पशुपति विकास कोषलाई राजनीतिक नियुक्ति दलीय आकांक्षा, दलीय स्वार्थको नबनाऔँ : अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पशुपति विकास कोषलाई...

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विश्वमा नेपाल...

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी गराउनुभएन : प्रमुख सचेतक लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री...

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा

ललितपुर । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो...

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

प्रज्ञा प्रतिष्ठानमा अनुवाद गोष्ठी सम्पन्न

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अनुवादक...