back
ntc
global ime bank

सीजी मोटर्सले नेपालमै पहिलोपटक ईभी ब्याट्री सीएटीएलको सर्भिस सेन्टर र ल्याब स्थापना गर्ने

756 

shares

काठमाडौं । चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी मोर्टसले नेपालमा विद्युतीय सवारी (ईभी) ब्याट्रीको सर्भिस सेन्टर र ल्याब स्थापना गर्ने भएको छ । सीजीले विश्वकै ठूलो ईभी ब्याट्री निर्माता कम्पनी सीएटीएलको सर्भिस सेन्टर र ब्याट्री ल्याब स्थापना गर्ने भएको हो ।

नेपालमा ईभीको बजार बढ्दै गएका बेला ग्राहकलाई सेवा दिन कम्पनीले सुविधा सम्पन्न ब्याट्री सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्न लागेको बताएको छ ।

यस कदमले ब्याट्रीलाई लिएर उत्पन्न आशंका मेट्दै ग्राहकलाई थप विश्वस्त पार्ने कम्पनीको विश्वास छ । ईभी ब्याट्री सर्भिस सेन्टर यसै वर्ष सन् २०२४ सेप्टेम्बरबाट सुरु हुने सीजीले जनाएको छ ।

सीएटीएलको प्राविधिक ट्रैनिङ लिएका दक्ष जनशक्तीमार्फत छुट्टै सर्भिस हबबाट दुवै सेवा उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

ब्याट्री सर्भिसमा उत्कृष्ट प्राविधिकले सर्भिस सेन्टरबाट सेवा दिने सीजीको भनाइ छ ।

ईभीको बजारमा ३७ प्रतिशत हिस्सा ओगटेको सीएटीएल ब्याट्रीले नेपालमा दुई तिहाइ बजार हिस्सा रहेको दाबी गरेको छ ।

सीजी मोटर्सले उक्त सेन्टरबाट सीएटीएलको ब्याट्री जडित सबै ब्रान्डका ग्राहकलाई सेवा दिने बताएको छ ।

छोटो समयमै सुलभ मूल्यमा सबै ब्रान्डका ग्राहकले सेवा लिन सक्ने भएसँगै नेपालमा सीएटीएल ब्याट्री अझै लोकप्रिय हुने कम्पनीको विश्वास छ ।


नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक...

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।...

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको...

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् : प्रचण्ड

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले...

सामाजिक सञ्जाल नियमनका नाममा प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजियो : प्रचण्ड

सामाजिक सञ्जाल नियमनका नाममा प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजियो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...