back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

दाङमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते

246 

shares
sanima relaiance life insurance

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर–१६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिण्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइतेमध्ये कुसुमको अवस्था गम्भीर रहेको छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

बोर्डद्वारा स्वास्थ्य बीमाको सुविधा थैलीमा परिमार्जन

काठमाडौं । स्वास्थ्य बीमाको सुविधा थैलीमा रहेको सेवाको दर...

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

संविधान छुनै नहुने विषय होइन, दुई पार्टी मिल्दैमा आत्तिनुपर्दैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानमै...

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

पहिरोका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पहिरोका कारण १५...

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

ढाँटछलको पनि एउटा सीमा हुन्छ नि : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष...

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

तपाईंहरूले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रकै लागि महङ्गो पर्न सक्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका अधिकार खोस्ने...