back

भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि मुम्बई लगियो

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई श्री एयरलाइन्सको विमानबाट भारत लगिएको छ । विमानस्थलमा एयर एम्बुलेन्समार्फत उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा भर्ना गरिने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।

त्यसअघि उनलाई कीर्तिपुर अस्पतालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको थियो । ७ स्वास्थ्यकर्मीसहित एम्बुलेन्समा राखेर विमानस्थल लगिएको हो ।

भण्डारीलाई अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल पठाउने बेला नेपाली कांग्रेसका केन्द्रीय तहका पदाधिकारीदेखि शुभेच्छुकको बाक्लो भीड कीर्तिपुर बर्न अस्पतालमा थियो ।

कीर्तिपुर बर्न अस्पतालले यहाँ उपचार सम्भव नहुने भन्दै विदेशमा उपचार गर्न सिफारिस गरेका थिए । तर भण्डारीले आफूले यहीँ उपचार गर्न चाहेको, भारतमा नजाने बताएका थिए । उनको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै अस्पतालमै बसेको कांग्रेस नेताहरूको अनौपचारिक बैठकले भारतमा उपचार गर्ने निर्णय गरेको थियो । सोहीअनुसार उनलाई भारतको मुम्बई लैजान लागिएको हो ।

कांग्रेस सांसद भण्डारीको उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् । सोहीअनुसार बिहीबार बिहानैदेखि स्वास्थ्यमन्त्री पदम गिरी आफैं कीर्तिपुर अस्पतालमा खटिएका थिए ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...