back
sanima relaince life

अनेरास्ववियुको अध्यक्षमा बडाल

732 

shares
sanima relaince life

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी दिए । बडालले नौ सय ६२ तथा लामिछानेले तीन सय ५६ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत), नारायण घर्ती (७५१), मर्यादा विष्ट (६७५) र धर्म गिरी (५०१ मत) निर्वाचित भएका छन् । महासचिव नरेश रोकाया सात सय ३३ मत प्राप्त गरी विजय हुनुभएको छ । यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।

अधिकृत खकुरेलका अनुसार मतदान ४२ विद्युतीय मेसिनबाट गरिएको थियो । निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।


एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई थप सेवा...

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु...

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को...

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

काठमाडौं । आज (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...