back
prabhu bank
sanima relaince life

‘कर्णाली उत्सव’आजदेखि

606 

shares
prabhu bank
sanima relaince life

काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण आजदेखि सुरु हुँदैछ ।

आयोजक ऋति फाउण्डेसनका संयोजक कमल लम्सालका अनुसार यही ७ गतेसम्म हुने उक्त उत्सव सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रुपमा लिइएको छ । उनले भने, “कर्णालीका विभिन्न क्षेत्र समेटिने गरी ५० भन्दा बढी सवालमा छलफल गरिसकेका छौँ ।” विचारको बहसबाट साझा विवेक र चेतनाको विकास भएको उनको भनाइ छ । कर्णालीको समग्र क्षेत्र समेटिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको लम्सालले बताए ।

उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेले १६ भन्दा बढी सत्रमा ६० भन्दा बढी वक्ता बोल्ने कार्यक्रम रहेको बताए । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उत्सवको उद्घाटन तथा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले आमन्त्रितलाई स्वागत गर्नेछन् ।

पहिलो दिनको सत्रमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले चौथो संस्करणसम्म आइपुग्दा, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हामी कसरी जोडियौँ रु भन्ने विषयमा आफ्नो प्रस्तुति राख्ने कार्यक्रम छ । तातोपानी निवासी नारायणी चौलागाईले कर्णाली उत्सवदेखि लाम्रा संवादसम्मको विषयवस्तु राखेपछि निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले निर्वाचन र लोकतन्त्रका विषयमा प्रवचन दिने कार्यक्रम छ ।

‘कर्णाली चिन्तन’ शीर्षकमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह वक्ता रहेका छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँ सत्रमा क्रमश ‘कर्नाली खेल्दो छ’, ‘यो सहर–त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’ शीर्षकमाथि बहस हुँदा विभिन्न क्षेत्रसँग सम्बन्धित दश वक्ताले भाग लिनेछन् । पहिलो दिन कर्णालीको पैकेलो ९नायक०का रुपमा गायक सुरज पण्डितलाई उत्सवमा सम्मान गरिनेछ । साँझमा साङ्गीतिक साँझ कार्यक्रम गरिने आयोजकले जनाएको छ ।


सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले...

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र...

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमा लेखको...

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई...

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपिएस–एनसिएस तथा...

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको वित्तीय आवाश्यकतालाई थप...