back
RBB

भारतीय सेना पुर्व प्रमुखहरुले छाउनीमा वीर स्मारक अवलोकन गर्ने

282 

shares

काठमाडौं । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन आएका भारतीय सेनाका चार पूर्व प्रमुखले आज छाउनीस्थित बीर स्मारका जाने भएका छन् ।

हिजो काठमाडौं आएका भारतीय सेनाका प्रमुखहरु विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहागले छाउनीस्थित बिर स्मारको अवलोकन गर्नेछन् ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार बीर स्मारक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना हुने सेना दिवस मुख्य समारोहमा भारतीय सेनाका पूर्व प्रमुखहरुले भाग लिनेछन् । त्यसअघि शनिबार बिहान छाउनीस्थित वीर स्मारकमा आयोजना हुने कार्यक्रममा उनीहरु सहभागी हुने कार्यक्रम तय भएको छ ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा साँझ जङ्गी अड्डामा आयोजना हुने सांस्कृतिक कार्यक्रममा भारतीय सेनाका पूर्व प्रमुखहरुको सहभागिता रहने प्रवक्ता भण्डारीले जानकारी दिए ।

पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार मात्र नेपाल आउने छन् । २६० औं सेना दिवसको अवसर पारेर नेपाली सेनाले भारतीय सेनाका पुर्व अध्यक्षहरुलाई नेपाल निमन्त्रणा गरेको हो । हरेक शिबरात्रीमा नेपाली सेनाले सेना दिबस मनाउँदै आएको छ ।


विपिन जोशी जीवित छन्, छाड्ने विश्वास दिलाइएको छ : प्रधानमन्त्री

विपिन जोशी जीवित छन्, छाड्ने विश्वास दिलाइएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायल आक्रमणका...

एनसेलको शेयर खरिद–बिक्री शंकाको घेरामा

एनसेलको शेयर खरिद–बिक्री शंकाको घेरामा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको...

१३० अर्बको एनसेल सात अर्बमा बिक्री वितरण गर्नु गैरकानुनी : प्रधानमन्त्री प्रचण्ड

१३० अर्बको एनसेल सात अर्बमा बिक्री वितरण गर्नु गैरकानुनी : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल शेयर बिक्री...

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर एक धारा’

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर एक धारा’

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास...

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

काठमाडौँ । पछिल्ला वर्षमा नेपालले प्राप्त गर्ने वैदेशिक विकास...

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने

काठमाडौँ । नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल...