back
adikar sampana bagmati
fikal gaupalika

नेता भण्डारीको स्वास्थ्य अवस्था सबै ‘पारामिटर नर्मल’

162 

shares

काठमाडौं । ग्यास सिलिण्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार सबै ‘पारामिटर नर्मल’ रहेको देखिएको छ ।

उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । डा। धनन्जयका अनुसार अहिले बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए ।

पहिलो शल्यक्रिया गर्दा दायाँ खुट्टामा ‘डिप इन्ज्यूरी’ रहेका कारण सोचेभन्दा धेरै समय लागेको र ‘अब्जरवेसन’ पनि कम्तीमा एक–दुई घण्टा राख्नुपर्ने नियम रहेको कारण दोस्रो सर्जरी गर्न नसकिएको जानकारी डा। मुकेशबाट प्राप्त भएको नेता कँडेलको भनाइ छ ।

नेता भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको र चिकित्सकको भनाइअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्ने बताइएको छ । बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा। भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । घट्नालगत्तै उनीहरु दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

नेता डा। भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।


प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

प्रधानमन्त्री प्रचण्डले आज उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्यप्रदेशको उज्जैन...

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय...

काठमाडौं महानगरले भन्यो- उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नू

काठमाडौं महानगरले भन्यो- उपत्यकाबाहिर चल्ने सवारी गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्नू

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो, मध्यम...

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

तीन वर्षमा दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण हुन्छ : प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाल–भारत...

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री प्रचण्ड

नयाँदिल्ली । भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

नयाँदिल्ली । भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री...