back

राष्ट्रपति बन्ने हो भने एकपटक मात्र बन्न पाउनुपर्छ :महामन्त्री शर्मा

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिभित्र एक व्यक्तिले गरेको गल्तीका कारण पूरै राजनीति बदनाम हुने गरेको बताएका छन् ।

कर्णाली उत्सवको चौथो संस्करणको ‘सग्लो समाजः सङ्लो राजनीति’ सत्रमा आइतबार वक्ताका रुपमा सहभागी शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्ण जागेको बताएका हुन् ।

उनले भने, ‘राजनीति भित्र भएका सबै मानिस एउटै छैनन्, केही राम्रा पनि छन् भन्ने कुरा जनतालाई बुझाउन सकिएको छैन । गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न नसकिनु, समयमै आयोजना सम्पन्न नहुनु, भनेको बेला सेवा लिन नपाउनु जस्ता कुराले राजनीतिप्रति मानिसलाई वितृष्णा जागेको पाईन्छ ।’

उनले कुनै दिन जिल्ला प्रशासन कार्यालय नागरिकता लिन पुगेको मानिसले समयमै नागरिकता नपाउँदा त्यहाँ ढिलो गर्ने कर्मचारीलाई भन्दा नेतालाई बढी गाली गर्ने समेत बताए । संस्थामै राजनीतिकरण हुने गरेकाले अहिले राजनीति निष्पक्ष नभएको उनको भनाइ छ ।

उनले राजनीतिलाई सङ्लो बनाउन राजनीतिज्ञले पदको लोभ गर्न नहुनेमा जोड दिए । ‘राष्ट्रपति बन्ने हो भने एकपटक मात्र बनोस्, प्रधानमन्त्री बनेको मान्छे दुईपटक मात्र बनोस्’ महामन्त्री शर्माले भने, ‘मन्त्री बन्ने हो भने तीन पटक र सांसद बन्ने हो भने ४ बर्ष बनोस्, बाँकी समय अर्कोलाई मौका दिनुपर्छ ।’

राजनीतिज्ञले संवैधानिक निकायमा आफ्नो भाग खोज्ने प्रवृत्ति समाजमा राजनीतिप्रति वितृष्णा जगाउने अर्को विषय भएको उनले टिप्पणी गरे । देश विकासका लागि राजनीतिक दलको मात्र योगदान छ भन्ने बुझाइलाई छोड्नुपर्ने उनको सुझाव छ ।

महामन्त्री शर्माले बालवालिका, महिला, युवाबीचको असमानतालाई हेरेर राजनीतिले आफ्नो बाटो निर्धारण गर्नुपर्नेमा जोड दिए। यसरी अघि बढे राजनीति सङ्लो बन्ने उनको सुझाव थियो ।

‘हामी अहिले जुन स्थानमा छौं त्यो अपर्याप्त छ, हामी कयौं दुनियाँको तुलनामा कमै छौं’ उनले भने, ‘हामीले जति गर्नुपथ्र्यो त्यो गर्न नसकिएको कुरा आत्मसात गर्नुपर्छ, तर हामीले केही गरेका कुरालाई पनि मनन् गर्नैपर्छ ।’

सत्रमा सहभागी मानव अधिकारकर्मी मोहना अन्सारीले यसअघि असमानता र विभेदमा टिकेको नेपालको राजनीति विस्तारै परिवर्तन हुँदै गएको बताइन् । उनले जनताको चाहना बुझेर राजनीतिक दलले आफ्नो बाटो निर्धारण गर्नुपर्नेमा जोड दिइन् ।
‘जनताले मेरो घरलाई सिंहदरबार बनाईदिनु भनेका छैनन्, उनीहरुले रोजगारीका लागि हामी भौतिारिनु नपरोस् भन्ने चाहेका छन्,’ उनले भनिन्, ‘यस्ता कुरालाई राजनीज्ञले बुझ्न जरुरी छ ।’

अन्सारीले समाजको प्रतिबिम्वका रुपमा रहेको राजनीति सफा भए मात्र समाज पनि सफा हुने बताइन् । ‘राजनीति सफा भए समाज सफा हुने हो, तर त्यो प्रत्याभूति जनताले गरेको अहिलेसम्म पाईएको छैन,’ उनले भनिन्, ‘यसमा नीतिगत, कानुनी अड्चन छन्, सङ्लो राजनीति गर्न यसलाई सुधार गर्नुपर्छ ।’ अहिलेको राजनीतिभित्र असमान प्रवृत्ति विकास भईरहेको उनको भनाइ छ ।

 


विकासका लागि युवा अगाडि सर्नुपर्छ : नेता पौडेल

विकासका लागि युवा अगाडि सर्नुपर्छ : नेता पौडेल

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ–५ का...

कांग्रेसद्वारा गण्डकीका मुख्यमन्त्री अधिकारीको राजीनामा माग

कांग्रेसद्वारा गण्डकीका मुख्यमन्त्री अधिकारीको राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको...

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...