संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए सशक्त प्रतिकार गछौं : प्रचण्ड
102
sharesकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दलीय सरकारले जनविरोधी काम गर्न सुरु गरेको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन् । संविधान संशोधनमार्फत जनताको अधिकारलाई उल्टाउने प्रयास भए सशक्त प्रतिकार गर्ने बताए ।
उनले वर्तमान सरकारले यसअघि माओवादी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई उल्टाउने काम गरेको भन्दै सदनमा सशक्त रूपमा आवाज उठाउनुपर्नेमा जोड दिए ।
जटिल परिस्थितिको चुनौती सामना गर्न पार्टीलाई एकतावद्ध बनाउने निर्णय गरिएको सापकोटाले बताए ।
वि.सं.२०८१ भदौ १९ बुधवार १२:४३