डा श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
684
sharesकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वस्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा। मथुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले अधिकारकर्मी डा। श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन्
। प्रधानमन्त्री दाहालले श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा समवेदना प्रकट गरेका छन् ।
लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । डा। श्रेष्ठको ६ जना छोरा र एक छोरी छन् । उनको मंगलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।
वि.सं.२०७९ फागुन ८ सोमवार १३:१४