प्रचण्डद्वारा ओली र देउवालाई संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गर्न आग्रह
462
sharesकाठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार (भोलि) बस्ने संवैधानिक परिषद्को बैठकबाटै रिक्त रहेका सबै पदमा नियुक्ति सिफारिस गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले संवैधानिक निकायका सबै रिक्त पदमा भोलि नै सिफारिस गर्नुपर्ने बताए ।
बालुवाटार छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्ड सहभागी थिए ।
वि.सं.२०८१ भदौ २७ बिहीवार १४:०२