वर्तमानमा वीपी विचार झन् सान्दर्भिक
420
sharesकाठमाडौं । नेपाली कांग्रेस वैचारिक अभियानले जननायक वीपी कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा ‘राष्ट्र निर्माणमा वीपीका विचार’ विषयक अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि डा. जयराज आचार्य, विशिष्ठ अतिथि प्रध्यापक कृष्ण खनाल, विशेष अतिथि प्रध्यापक कपिल श्रेष्ठ रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै उहाँहरुले वर्तमान् राष्ट्रिय संकटको निदान र समाजवादी राष्ट्र निर्माणमा वी.पी. कोइरालाको विचार झन् सान्दर्भिक भएको प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको अध्यक्ष अर्जुन बराल रहनुभएको थियो भने उद्घोषक युवराज खाती रहनुभएको थियो ।
सो कार्यक्रममा वीपी कांग्रेसका अध्यक्ष सुशीलमान सेरचन, महामन्त्री देवेन्द्र पौडेल, विभुवन विश्वविद्यालय कीर्तिपुर स्ववियु अलमुनाइन एशोसियसनका अध्यक्ष चाउएनलाई श्रेष्ठ, लेखक, बुद्धिजीवी, पत्रकार, महिला, विद्यार्थीलगायत सामाजिक अगुवाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
वि.सं.२०८१ भदौ २७ बिहीवार १४:१६