back
RBB

समयमै पाठ्यपुस्तक उपलब्ध गराउन समितिको निर्देशन

234 

shares

काठमाडौं । दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्तले आगामी शैक्षिक सत्रदेखि मुलुकका सबै विद्यालयलाई समयमा पाठ्यपुस्तक उपलब्ध गराउन निर्देशन दिएका छन् ।

समितिको आजको बैठकमा उनले सो निर्देशन दिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले भने, ‘शैक्षिक क्षेत्रको सुधारमा सङ्घीयताको अनुभूति दिलाउन पुराना ऐन खारेज गरी नयाँ ऐन ल्याउन जरुरी छ । यसलाई प्राथमिकतामा राख्नुपर्छ । पटके निर्णयलाई नीतिगत व्यवस्था गर्नु पर्दछ । राज्यले सुधार गर्न चाहे दायित्व बहन गर्नुपर्दछ ।’

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलगायत सम्बन्धित निकायका कार्यप्रणालीलाई विश्वास गर्न आवश्यक रहेको र तोकिएको समयमा कार्य गर्न नसकेको खण्डमा आवश्यक कदम चाली पाठ्यपुस्तक समयमा उपलब्ध हुने उनको भनाइ थियो ।

समितिका सभापति पन्तले भने, ‘सम्बन्धित निकायका पाठ्यपुस्तक उपलब्धताका सुनिश्तिताका समस्या स्पष्ट पारेमा समिति सरोकारवाला पक्षसँग सहकार्य र समन्वय गरी समाधान गर्न तयार छौँ ।’

विगतमा नभएका र गर्न नसकेका विषयलाई सुरुआत गरी पुस्तकको पुनःप्रयोग नीति अवलम्बन गर्ने विषयमा सम्बन्धित निकायले विचार गरी प्रक्रिया सुरु गर्नसक्ने उनको भनाइ थियो । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले भने, ‘विगतमा जस्तो कागजको अभाव छैन । चौबिसै घण्टा मेसिन र जनशक्ति सञ्चालनमा रहेका छन् । यो वर्ष पाठ्यपुस्तकको अभाव हुँदैन ।’

कार्यक्रममा शैक्षिक क्षेत्रमा राज्यको अनुभूति दिलाउन, सार्वजनिक खरिद ऐनको समस्या अन्त्य गर्न, विकट क्षेत्रमा विशेष प्राथमिकताका साथ पुस्तक उपलब्ध गराउन, राजनीतिक र प्रशासनिक नेतृत्वको कार्यमा सुधार, सम्बन्धित निकायको अनुगमन र मूल्याङ्कन तथा गुनासोरहित हुनेगरी पुस्तक वितरण गर्ने विषय उठान भएको थियो ।


सीपले बदलियो गृहिणीको जीवनशैली

सीपले बदलियो गृहिणीको जीवनशैली

बागलुङ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा गृहिणी...

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

‘विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग सकारात्मक’

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधीले...

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

दक्ष जनशक्ति नहुँदा स्वास्थ्य उपकरण प्रयोगविहीन

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पीपलाडी स्वास्थ्य चौकीमा...

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई...

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

भौतिक पूर्वाधार निर्माणलाई अपाङ्गमैत्री बनाउन आवश्यक : मन्त्री ज्वाला

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक...

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

कठिन जीवनयापनलाई सहज बनाउने छौँ : महर्जन

पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अपाङ्गता भएका...