श्रमिक टाइम्सको छैठौं वार्षिकोत्सवमा पत्रकार अधिकारी सम्मानित
852
sharesकाठमाडौं। श्रमीक टाइम्स पत्रिका र श्रमिक टाइम्स अनलाइनको छैठौ वार्षिकउत्सव सम्पन्न भएको छ । सो कार्यक्रम कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन श्रममन्त्री शरद सींह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस ट्रेड यूनियनका अध्यक्ष योगेन्द्र कुवर, जिफन्टका अध्यक्ष तथा संविधानसभा सदस्य विनोद श्रेष्ठ, श्रम विभागका डिजी र श्रमिक पत्रकारहरु लगायत मजदुर वर्गलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्व श्रमीक टाइम्सका सम्पादक दिपक भट्टाचार्यले गरेका थिए भने कार्यक्रम संचालक पत्रकार, कलाकार र समाजसेवी याम जिसीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा मन्त्री भण्डारीले अहिलेको परिस्थितिमा युवा वर्गलाई स्वदेशमै रोजगार दिन नसकिने र यसलाई विदेशबाट फर्केर आएका युवाहरुलाई उनीहरुको सीप अनुसार नेपालमै काम गर्ने वातावरण सृजना गर्नुपर्ने बताएका थिए ।
साथै कस्ता खालको रोजगार दिन सकिन्छ ? भन्ने विषयमा अध्यन अनुसन्धान भइरहेको पनि बताए । उक्त समारोहमा विभिन्न क्षेत्रबाट समाज र राष्ट्रमा पु-याएको योगादनको मुल्यांकन गर्दै आएका श्रष्टाहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए ।
सम्मानित हुने श्रष्टाहरुमा वरिष्ठ समाजसेवी तथा धार्मिक अभियन्ता योगिनी भीम सुवा गुरुङ, क्षेत्रीसमाज महासंघका अध्यक्ष विष्णु बहादुर खड्का, समाज सेवी सुभास सुब्बा लिम्बु, चर्चित झांक्री प्रकाश भुजेल, शिक्षासेवी रामहरि सिलवाल, नागरिक समाजका अध्यक्ष तथा समाज सेवी याम बहादुर जी.सी, नारी संसार पत्रिकाकी सम्पादक इशा अधिकारी क्षेत्री, समाज सेवी तथा परम्परा आर्युवेद अभियन्ता आसा खड़का, कृषि अभियन्ता रमेश पण्डित, पत्रकार गोपाल आचार्य, युवा समाज सेवी तथा व्यवसायी शंकर सिंह ठकुरीलगायत विभिन्न संस्थालाई मायाको चीनो प्रदान गरिएको थियो ।
वि.सं.२०८१ भदौ २९ शनिवार १६:५०