शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ओली
222
sharesकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परिवर्तनविरोधी शक्ति संविधानविरुद्ध खुलेआम लागेको बताएका छन् । शनिबार काठमाडौंमा नेकपा (एमाले)ले आयोजना गरेको स्थानीय तहमा जनसंगठन सुदृढीकरण विषयक कार्यशाला उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा शान्ति प्रक्रियालाई सुव्यवस्थित हुन नदिने षड्यन्त्र गरिएको बताए । सामन्ती, निरंकुश र अधिनायकवादी राजतन्त्रका पक्षमा मान्छे उफ्रिएको अहिलेजस्तो कहिल्यै नदेखेको उनको भनाइ छ ।
गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेको भन्दै उनले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरे ।
वि.सं.२०८१ भदौ २९ शनिवार १६:५९