back
sanima relaince life

व्यास नगरपालिकाद्वारा सल्लाहकार चयन

642 

shares
sanima relaince life

काठमाडौं । व्यास नगरपालिकाले नगर योजना आयोगमा सल्लाहकार चयन गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको नियमित बैठकले नगर योजना आयोग ऐन, २०७९ अनुसार विभिन्न व्यक्तिलाई सल्लाहकारमा मनोनित गरेको हो ।

सल्लाहकार समितिमा व्यास–१ का हरिसिं गुरुङ, व्यास–२ का मोहनकुमार विश्वकर्मा, व्यास–३ का पुष्परमण वाग्ले, सूर्यनारायण श्रेष्ठ, व्यास–५ का रघुराज काफ्ले, व्यास–६ का डा शेषरमण न्यौपाने, व्यास–९ का उषा पोख्रेल, व्यास–११ का तिलु थापा, राजेन्द्र अधिकारी र थमबहादुर दरैलाई मनोनित गरिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।

यसैगरी नगरपालिकाले पूर्व एवं निवर्तमान जनप्रतिनिधिहरू सम्मिलित परामर्श समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा तत्कालीन संविधानसभा सदस्य रामचन्द्र पोख्रेल रहनुभएको छ भने सदस्यहरूमा संविधानसभा सदस्य एवं पूर्वनगरप्रमुख धु्रव वाग्ले, निवर्तमान प्रदेशसभा सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिकाका पूर्वप्रमुख एवं उपप्रमुखहरू, निवर्तमान वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरू रहनुभएको छ ।

नगरपालिकाले व्यास नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७९ अनुसार प्रज्ञा परिषद् सदस्यका लागि १५ दिने सूचना आह्वान गर्ने निर्णय गरेको छ । बैठकले व्यास–८ को वडा कार्यालय परिसरभित्रको जमिन विभिन्न व्यक्तिको नाउँमा भएकाले कानुनबमोजिम अधिग्रहण प्रक्रिया अगाडि बढाउने र वडा कार्यालयको नयाँ भवन निर्माण गर्ने निर्णय गरेको छ ।

त्यस्तै आगामी फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन व्यास गुफाबाट तनहुँसुरसम्म महिला हाफ खुला म्याराथन गर्न उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा आयोजक समिति गठन गर्ने निर्णय गरिएको छ ।

खेलकुद विकास समिति गठन

नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समिति गठन गरेको छ । व्यास नगर खेलकुद विकास ऐन, २०७८ को दफा ३ अनुसार व्यास–९ का अध्यक्ष सुरेश थापाको अध्यक्षतामा समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा सुशीला दुरा र सदस्यमा जीवन गुरुङ, सुरेश वाग्ले, कमला विक, कृष्ण पुन, इन्द्र गुरुङ, सानुमाया श्रेष्ठ, चोकबहादुर थापा, मदन वाग्ले र शरण घर्ती रहेका छन् ।


एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई थप सेवा...

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु...

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को...

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

काठमाडौं । आज (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र...

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको...