फोनपेको ‘सुपर यात्रा’ अफर सञ्चालनमा
240
sharesकाठमाडौं । डिजिटल भुक्तानी नेटवर्क फोनपेले ‘सुपर यात्रा’ अभियान सञ्चालनमा ल्याएको छ । फोनपेले एयरलाइन्स र यात्रा प्लेटफर्मको सहकार्यमा दसैंतिहारको अवसरमा हवाई टिकटको खरिदमा आकर्षक क्यासब्याक पुरस्कारसहित अफर योजना ल्याएको हो । सुपर यात्रा’ अभियानअन्तर्गत नयाँ प्रयोगकर्ताले पहिलो हवाई टिकट बुकिङमा तीन सय रुपैयाँ क्यासब्याक पाउने छन् ।
यस्तै प्रयोगकर्ताले दुई सय रुपैयाँ क्यासब्याक पाउने भएका छन् । यसबाहेक फोनपेले अतिरिक्त रोचक गिफ्टको पनि घोषणा गरेको छ । जसमा एक विजेताले एक वर्षका लागि निःशुल्क हवाई टिकट प्राप्त गर्ने भएका छन् ।
हरेक हप्ता पाँचजना विजेताले स्मार्टवाच जित्ने कम्पनीले जनाएको छ ।
वि.सं.२०८१ असोज ४ शुक्रवार १५:१५