back

एसका अध्यक्ष नेपालद्वारा ग्याल्पो ल्होसारको अवसरमा शुभकामना सन्देश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा रहेका विभिन्न समुदायका मौलिक चाडपर्व र संस्कृतिका संरक्षणमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता रहेको नेपाली समाजमा विभिन्न जातजातिका समुदायले परम्परागतरूपमा मनाउँदै आएको पर्व संस्कृतिले देशलाई सांस्कृतिकरूपमा सम्पन्न बनाएको बताए ।

उनले विविध जात, भाषा र संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्नका साथै मानव सभ्यतासँग जोडिएका यस्ता पर्वको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका माध्यमबाट सामाजिक न्याय, समानता कायम भई हिमाल, पहाड र तराईका जनताको एकतालाई बलियो बनाउने र सबैको साझा प्रयासबाट हुने विकास र समृद्धिले राष्ट्र निर्माणमा योगदान पुग्ने भनिएको छ ।

चाडपर्वले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गरी एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्ने सन्देशमा उल्लेख गरिएको छ ।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...