back

राष्ट्रपति भण्डारीले गरिन् अस्पताल भवनको उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गरेकी छिन् । आयोजित समारोहमा उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको उक्त भवन उद्घाटन गरेकी हुन् ।

सत्तरी शय्या क्षमता रहेको सो भवन रु ४३ करोडको लागतमा निर्माण भएको हो । अस्पतालको नवनिर्मित भवनबाट आजैदेखि स्वास्थ्य सेवा सुरु भइसकेको छ । मकवानपुरको हेटौँडामा रहेको यो मुलकुकै पुरानो अस्पतालमध्ये पर्छ । नयाँ र पुरानो गरी उक्त अस्पतालको बिरामी भर्ना क्षमता हाल दुई सय शय्या पुगेको छ ।

सो अस्पतालमा हाल ३८ विशेषज्ञ चिकित्सक, ५० मेडिकल अधिकृत, स्वास्थ्यकर्मी तथा कर्मचारीसहित तीन सय ८७ जना कार्यरत रहेको बताइएको छ । हाल अस्पतालमा २४सै घण्टा सिटी स्क्यान, सघन उपचार कक्ष र प्याथोलोजी सेवा उपलव्ध छ ।

अस्पतालमा एमआरआई, बालबालिकाका लागि एनआइसियु सेवा उपलब्ध छ भने पिआइसियु सेवा थप गर्ने तयारी भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा हेटौँडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाइँले जानकारी दिए ।

नयाँभवन निमार्णसँगै हेटाँैडा अस्पतालले आफनो सेवा र जनशक्ति थप गरी गुणस्तरीय उपचार दिने उनले बताए ।अस्पतालबाट हाल दैनिक सात सय ५० जनाले बहिरङ्ग सेवा प्राप्त गरिरहेका अस्पताल व्यवस्थापनले जनाएको छ ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...