back

लागूऔषधसहित पाँच जना नियन्त्रणमा

मकवानपुर । प्रहरीले हेटौँडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

हेटौँडा उपमहानगरपालिका–१६ हटियाबाट पाँच किलो चार सय ग्राम लागूऔषध खैरो हेरोइनसहित ३९ वर्षीय सुवास लामिछाने र हेटौँडा–७ बस्ने २८ वर्षीय विकेश गौतमलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिका–१२ नयाँ पुलस्थित भित्री बाटोबाट विभिन्न प्रकारको लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले हेटौँडा उपमहानगरपालिका–१२ बस्ने २७ वर्षीय रमेश विश्वकर्मा र २७ वर्षीय सजन विश्वकर्मालाई पक्राउ गरेका हुन् ।

त्यसैगरी प्रहरीले हेटौँडा उपमहानगरपालिका–१९ गुम्बाचोकबाट पाँच किलो चार सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

हेटौँडा–३ बसामाडी बस्ने ४२ वर्षीय लक्ष्मण बललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...