बाढीपीडितहरू उद्धारका लागि लामो समय प्रतीक्षा गर्नु सरकार उदासीन : प्रचण्ड
168
sharesकाठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपीडितहरू उद्धारका लागि लामो समय प्रतीक्षा गर्नुपरेकाले सरकार उदासीन रहेको टिप्पणी गरेका छन् । प्रचण्डले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
“भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।
उनले बेपत्ता नागरिकको खोजी, घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएका छन् ।
वि.सं.२०८१ असोज १३ आइतवार ११:५८