back
prabhu bank
sanima relaince life

ललितपुरमा वर्षाजन्य विपद् : थप ६ जनाको शव भेटियो

450 

shares
prabhu bank
sanima relaince life

पाटन (ललितपुर) । वर्षाजन्य विपद्मा परी ललितपुरमा मृत्यु भएका थप ६ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले मंगलबार दिएको जानकारी अनुसार, विपत्तिको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ र आज बिहान ६ गरी हालसम्म ४० जनाको शव फेला परेको हो ।

फेला परेका मध्ये १७ शव पोस्टमार्टम भई आफन्तले बुझेर लगेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी गराइन् । “पाटन अस्पतालमा आएका शवमध्ये १७ जनाको शव पोस्टमार्टम भई आफन्तले बुझेर लैजानुभएको छ । अरू फेला परेका शवलाई प्रहरीको सहयोग र समन्वयमा पोस्टमार्टमका लागि पाटन ल्याउने काम भइरहेको छ,” उनले भनिन् ।

प्ँऋ क्ष्कबिलम ब्म
ल्क्ष्ऋ ब्कष्ब
नेपाल प्रहरीले आज बिहान अद्यावधिक गरेको तथ्यांकानुसार, महांकाल गाउँपालिका–२, मानिखेल, लक्ष्यबासका नौ वर्षीय आयुष स्याङ्तान, महांकाल–२, ठोस्ने खोलाका एकै परिवारका ४० वर्षीया राममाया स्याङ्तान, उनका छोरा १४ वर्षीय अजय स्याङ्तान, अर्का छोरा ११ वर्षीय सुवास स्याङ्तान र छोरी नौ वर्षीया सलिना स्याङ्तानको शव फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार, वर्षाजन्य विपद्मा परेर अझै १० जना बेपत्ता छन् । प्रहरीले अद्यावधिक गरेको तथ्यांकानुसार, महांकाल–३, गोटीखेलका ईश्वर तिमल्सिना, उनकी आमा र श्रीमती गोमा असोज १२ गतेदेखि बेपत्ता छन् ।

यस्तै, रौतहट घर भई ललितपुर महानगरपालिका–१४, नखिपोट कान्तिपुर कोलोनीमा बस्दै आएका पाँच वर्षीय सेतु साह, ओखलढुंगा घर भई ललितपुरमा बस्दै आएका ४० वर्षीय देवराज कार्की, रौतहटको गौर गाउँपालिका–६ घर भई ललितपुर–१४, कान्तिपुर कोलोनीमा बस्दै आएका ३२ वर्षीय बिकाउ साह बेपत्ता छन् ।

गोदावरी नगरपालिका–६, आनन्दवन अस्पतालमा काम गरी बस्ने ३० वर्षीय विवेक सिंह, वाग्मती गाउँपालिका–१, घुसेलका ५० वर्षीय केशव न्यौपाने, महांकाल–२ की १२ वर्षीया सञ्जिता स्याङ्तान, ३५ वर्षीय छविलाल स्याङ्तान र छविलालकी भाउजू (नाम नखुलेको) बेपत्ता छन् ।


सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

सरकार निरंकुश भइरहेको छ : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले...

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

भाजपा नेता विजय जोली र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र...

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा रिलायन्सको बीमा लेख नवीकरणको विलम्ब शुल्कमा शतप्रतिशत छुट

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमा लेखको...

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

सानिमा रिलायन्स लाइफले माग्यो कर्मचारी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई...

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच नेपाल–पे कार्ड प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंक र एनसीएचएलबीच एनपिएस–एनसिएस तथा...

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको वित्तीय आवाश्यकतालाई थप...