back
sanima relaiance life insurance

अध्यक्ष दाहाल र जापानको सत्तारुढ पार्टीका वरिष्ठ नेताबीच भेटवार्ता

534 

shares

काठमाडौँ । जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेता तोसिहिरो निक्कई बीच आज भेटवार्ता भएको छ ।

भेटमा लिवरल डेमोक्र्याटिक पार्टीका पूर्व महासचिव, पूर्व अर्थ, व्यापार तथा उद्योगमन्त्री एवं प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिमा सभापतिसमेत रहेएका तोसिहिरो र अन्य वरिष्ठ नेतालगायतको उपस्थिति थियो ।

भेटवार्तामा नेपाल जापान सम्बन्धका विविध आयामका बारेमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहमा भ्रमणको आदानप्रदानदेखि स्थानीय सहर र नगरबीचको भगिनी सम्बन्धको विकास गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

यस्तै, नेपालको कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्न अध्यक्ष दाहालले आग्रह गरेका थिए । रासस

 


देशमा राम्रा काम गरिरहेका कर्मचारीलाई हटाउने खेल भइरहेको छ : माओवादी केन्द्र

देशमा राम्रा काम गरिरहेका कर्मचारीलाई हटाउने खेल भइरहेको छ : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारले देशमा राम्रा...

संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाउन सांसद केसीको आग्रह

संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाउन सांसद केसीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संवैधानिक...

कांग्रेस–एमाले गठबन्धनमा कुनै समस्या छैन : देउवा

कांग्रेस–एमाले गठबन्धनमा कुनै समस्या छैन : देउवा

धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमालेको गठबन्धनमा...

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई...

नबिल बैंकले २५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै

नबिल बैंकले २५ जिल्लामा ९२ स्थानको घरजग्गा लिलामी गर्दै

काठमाडौँ । नबिल बैंकले घरजग्गा लिलाम गर्न १५ दिने...

जुवातास खेलिरहेका १५ जना पक्राउ

जुवातास खेलिरहेका १५ जना पक्राउ

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई...