पाँचौं राष्ट्रिय ‘बेटी सम्मेलन २०७९’द्वारा नेतृ गोमा केसी सम्मानित

बुटवल । लुम्बिनी प्रदेशको बुटवलमा पाँचौ ऐतिहासिक राष्ट्रिय ‘बेटी सम्मेलन २०७९’ सम्पन्न भएको छ । कार्यक्रम ‘आसनमा महिला, भाषणमा महिला र साशनमा महिला भन्ने मूल नाराका साथ सम्पन्न भएको थियो । मूलधार महिला सेवा केन्द्र (आभासा) राष्ट्रिय अभियान नेपालको आयोजनामा राष्ट्रिय बेटी सम्मेलन आयोजना गरिएको हो ।
उक्त सम्मेलनमा ‘आजका चेलीबेटी बन्दै छन् परिवारको सहाराः शान्ति, सुरक्षा, लैंगिक हिंसामुक्त राष्ट्र लुम्बिनी प्रदेश हाम्रो अभिभारा’ भन्ने मूल नाराका साथ पाँचौं बेटी सम्मेलन सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, अतिथिहरुमा प्रदेश सभाका उप–सभामुख मेनुका खाँड (केसी), प्रदेश सांसद जमुना ढकाल, नेपाली कांग्रेसकी नेतृ गोमा केसी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी प्रमुख भरत वि.क, जिल्ला सुरक्षा प्रमुख दीपकबहादुर थापा, जिल्ला अनुसन्धान प्रमुख हेमनाथ पाण्डे, बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डे, अभियानका सचिव लक्ष्मी जोशी रहेका थिए ।
यस अभियानमा मुस्कान खातुन, लुम्बिनी प्रदेश महिला बालबालिका मन्त्रालयकी उपसचिव सारदा बस्याल, अभियान्ता रिता सेनलगायत मेचीदेखि महाकालीसम्म सातै प्रदेशका गरी १३१ जनाको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसबाट प्रथम महिला जिल्ला सभापति भएकोमा नेतृ गोमा केसीलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थिति महानुभावहरुले बोल्ने क्रममा कांग्रेस नेतृ तथा महिला अभियान्ता गोमा केसीले विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको संगठन र नेपाली समाजको लागि गरेको अतुलनीय योगदानको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रम संस्थाकी अध्यक्ष नजबुल खानको सभापतित्वमा सम्मपन्न भएको थियो । कार्यक्रम सञ्चालन भने सरिता राईले गरेकी थिइन् ।
वि.सं.२०७९ फागुन १० बुधवार १५:२६