तीन महिनामा दुई करोड ७९ लाख राजस्व संकलन
138
sharesवाग्मती । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट दुई करोड ७९ लाख ४१ हजार राजस्व संकलन गरेको छ ।
पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सीसीटीभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम संकलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।
यसैबीच, उक्त अवधिमा वाग्मती प्रदेशका १० जिल्लामा भएका ३९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए ।
वि.सं.२०८१ कात्तिक ११ आइतवार ११:५२