back
sanima relaiance life insurance

जंगली च्याउको तरकारी खाँदा एकै घरका पाँच जना बिरामी

192 

shares

नवलपरासी । पूर्वी नवलपरासीमा जंगली च्याउको तरकारी पकाएर खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् ।शनिबारको साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका– २ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

शनिबार दिउँसो नजिकैको जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा बाबुलालसहित ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी र ९ वर्षीया रिदिमा बिरामी परेका हुन् ।

खाना खाएर सुतेका उनीहरुमा झाडापखाला हुने, रिंगटा लाग्नेसहितका लक्षण देखिएपछि सबैलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको छ । बिरामी सबैको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।


कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा भुललाई उमेदवार बनाउने

कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा भुललाई उमेदवार बनाउने

गोदावरी (कैलाली) । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति कैलालीको...

कांग्रेसद्वारा प्रदेशसभा सदस्य गौचनको निधनप्रति दुःख व्यक्त

कांग्रेसद्वारा प्रदेशसभा सदस्य गौचनको निधनप्रति दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको...

गढीमाई मेलाः ‘नर बली’ पछि मात्र हुन्छ पशु बली

गढीमाई मेलाः ‘नर बली’ पछि मात्र हुन्छ पशु बली

रौतहट ।विश्व प्रसिद्ध बारास्थित गढीमाई पञ्चवर्षीय मेलामा देवीलाई नर...

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार

धरान । घोँगीको व्यापार यहाँका धेरैजसो महिलाका लागि आम्दानीको...

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप, किसान चिन्तित

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप, किसान चिन्तित

पर्वत।सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२...

सभापति देउवाद्वारा गौचनको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा गौचनको निधनप्रति दुःख व्यक्त

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले गण्डकी प्रदेश सभा...