back

स्वास्थ्य मन्त्री र डब्लुएओको प्रमुख टेड्रोस बिच भेटबार्ता

काठमाडौं । विरामी सुरक्षा सम्बन्धि पाँचौ मन्त्री स्तरिय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा भेट गरेका छन् । भेटमा मन्त्रि गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोग लागि धन्यबाद दिए ।

विशेष गरी खोप कार्यक्रम पोलियोलगायत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा गरेको सहयोगको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि धन्यबाद दिए ।

भेटमा २०७२ सालको भुकम्प हैजा प्रकोप कोभिड महामारी र कोभिड खोप नेपालका लागि उपलब्ध पुर्याउन खेलेको भूमिकाको लागि समेत मन्त्री गिरीले धन्यबाद ब्यक्त गरे ।

मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रति जैविक औषधीको प्रतिरक्षा प्रणालीलगायतका हाल भैरहेका गतिविधिहरू विस्तार र आपसी सहकार्य समन्वय गर्ने कुरा राखेका थिए ।

विश्व स्वास्थ्य संगठनका समन्वय केन्द्ररहरू निर्माण र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण स्वास्थ्य सुरक्षा र अन्तराष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वनका लागि मूल क्षमता अभिबृद्धिका लागि निरन्तर सहयोगका कुराहरूका विषयमा भेटमा छलफल भएको थीयो।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...